काठमाडौं ।
आन्दोलनपछि तीन देशले नेपाललाई जोखिममूलक मुलुकको सूचीमा राखेका छन् । भारत, अमेरिका र क्यानाडाले आफ्ना नागरिकलाई अहिले नेपाल भ्रमण नगर्न सुझाव दिएका छन् ।
भारतसहितका मुलुकको एडभाइजरी र क्याथे प्यासिफिकले उडान रोक्ने निर्णयले मुख्य पर्यटकीय सिजनमा पर्यटन क्षेत्र प्रभावित हुने भएको छ ।
सन् २०२५ को जनवरीदेखि अगस्टसम्म ८ महिनाको अवधिमा ७ लाख ३६ हजार ५६२ पर्यटक भित्रिएका छन । नेपाल पर्यटन बोर्डले सार्वजनिकको तथ्यांकअनुसार क्षेत्रगत रुपमा दक्षिण एसियाली (सार्क) मुलकबाट ४७ हजार १३७ पर्यटक अर्थात ५३ प्रतिशत आगमन भएको देखिन्छ भने एसियाका अन्य मुलुकबाट १५ हजार ७७७ अर्थात् १७.८ प्रतिशत, युरोपबाट ११ हजार १३२ अर्थात १२.६ प्रतिशत र ओसनियाबाट २ हजार ४३५ अर्थात २.७ प्रतिशत पर्यटक भित्रिएका छन् । तर, अब यो अनुपातमा पर्यटक आउने सम्भावना कम रहेको छ ।











प्रतिक्रिया