काठमाडौं ।
संविधान दिवसको अवसरमा नेपाल टेलिकमले ग्राहकका लागि अफर सार्वजनिक गरेको छ । संविधान दिवसको एक दशक पूरा भएको उपलक्ष्यमा सरकारले असोज ३ गते विशेष कार्यक्रम गर्न लागेको छ भने टेलिकमले असोज २ गतेदेखि ४ गतेसम्म “संविधान दिवस अफर २०८२” उपलब्ध गराउने भएको हो ।
यस अन्तर्गत ४९ रुपियाँमा १ दिनका लागि १ एमबीपीएस अनलिमिटेड डाटा र टेलिकमकै नेटवर्क भित्र १०० मिनेटसम्म कल गर्न सकिने सुविधा पाइनेछ । त्यस्तै, डाटा प्याकेजमा १११ रुपियाँ मा ५ दिनको ६ जीबी, १९९ रुपियाँमा ७ दिनको १३ जीबी, २९९ रुपियाँमा १२ दिनको २० जीबी र ३९९ रुपियाँमा १५ दिनको ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ ।
ग्राहकले यस अवधिमा ‘फेस्टिभ कम्बो प्याक’ पनि लिन सक्नेछन् । ७८९ रुपियाँ मा उपलब्ध यो प्याकेज २८ दिन (प्रिपेड) र ३० दिन (पोस्टपेड) प्रयोग गर्न सकिन्छ । यसमा ३० जीबी डाटा, सबै नेटवर्कमा प्रयोग गर्न सकिने ६०० मिनेट अल–नेट भ्वाइस र २०० अल–नेट एसएमएस सुविधा रहनेछ । पोस्टपेड प्रयोगकर्ताले फेस्टिभ कम्बो प्याक वा ३० जीबी डाटा प्याकेज सक्रिय गर्दा मासिक रेन्टल चार्जबाटै शुल्क कट्ने सुविधा पाउने व्यवस्था गरिएको छ ।











प्रतिक्रिया