डा. नवराज लम्साल
(गीतकार, कवि, साहित्यकार तथा सञ्चारकर्मी)
अ“ध्यारो सुरुङ जति लामो भए पनि
अन्त्यमा उज्यालो भेटिन्छ
नत्र मान्छे किन हिँडिरहन्थ्यो?
रात गहिरिन्छ र त रात मै उदाउँछन् उज्याला ताराहरू
ताराहरू छन् र त
छातीमा पनि तारा जस्तै उज्यालो धुकधुकी बाँचिरहन्छ।
जो कसैको पनि क्षमता जति होस्
परिणाममा उसको सामथ्र्य जाँचिन्छ
नत्र राम्रो र नराम्रोको परिभाषा किन बन्थ्यो र ?
कोही मान्छे कसैसँग दाँजिन्न
प्रत्येकको प्रतिस्पर्धी ऊ आफैँ हो
आाफैँ हो र त मान्छे
लगातार लगातार काम गरिरहन्छ।
व्यक्तिलाई फुर्सद भएन भन्दैमा
घडीले घुम्न छोड्दैन
घडीले घुम्न छोडे पनि समय कहाँ रोकिन्छ र?
चेतनाको जगमा उभिनेहरू खरानीमै सुन फुलाउँछन्
कति पटक जलेको छातीमा
मैले पनि त आशा उमारिरहेको छु।
राष्ट्रको जीवन व्यक्तिको जस्तो छोटो हुँदैन
मेरो देश
सभ्यता शुरुवातदेखिकै देश हो।
अँ, एउटा कुरो
गरिबको एक एक गाँस लुटेको सम्पत्तिमा आगो लाग्दा कस्तो हुँदो रहेछ?
ए, सुन त
खरानीको पिण्ड बनाएर आप्mनै सोह्रश्राद्ध गर
तर यति चाहिँ सम्झ
श्राद्ध भइसकेको मान्छे
समाजमा फर्किन मिल्दैन।











प्रतिक्रिया