ब्रजेश खनाल
(अभिनेता, साहित्यकार तथा फिल्म लेखक)
आजभोलि भन्दाभन्दै मलाई बेरेको सिक्री चुँडाउन
म डराइरहेँ
सिक्री खिया नलागुन्जेल
पौरखमा औ भरोसा नगरी
पिंजराका डण्डी भत्काउन
म कुरिरहेँ
डण्डीहरू नमक्किउन्जेल
एक दिन अन्ततः म निस्किएँ
स्वतन्त्र भएँभनेर दङ्ग फुरूङ्ग
उड्न खोज्दा थाहा पाएँ
थुतिइसकेका रहेछन् प्वाँखहरू
ठूटिइसकेका रहेछन् मेरा पखेटा
अनि,
जलिसकेको रहेछ
मैले उड्छु भनेको आकाश।











प्रतिक्रिया