भ्रष्टाचारविरुद्धको प्रदर्शनमा ज्यान गुमाएका जेन जी सहिदहरूको सम्झनामा मिसेस नेपाल वल्र्ड २०२५ का प्रतियोगीहरूले संसद् भवन परिसरमा दिप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका छन्।
सामूहिक रूपमा दिप प्रज्वलन गर्दै प्रतियोगीहरूले सहिदहरूको बलिदानप्रति नमन गरे। साथै, भ्रष्टाचार अन्त्यका लागि एकताबद्ध हुने संकल्प व्यक्त गर्दै सहिदहरूको योगदानले नयाँ पुस्तामा आशा र परिवर्तनको प्रेरणा जगाउने विश्वास व्यक्त गरे।
‘यो श्रद्धाञ्जली कार्यक्रम केवल सहानुभूति मात्र नभई भ्रष्टाचारविरुद्धको हाम्रो साझा आवाज हो’ मिसेस नेपाल वल्र्डको आयोजक संस्था रिबन इन्टरटेन्मेन्ट प्रालिका प्रतिनिधिहरूले भने। स्थानीय युवा र सामाजिक अभियन्ताहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा सहभागीहरूले जेन–जी शहिदहरुको श्रद्धाञ्जलिस्वरुप मौन धारण गर्दै सहिद आत्माको चिरशान्तिको कामना गरेका थिए।











प्रतिक्रिया