सुदन गुरुङमाथि आक्रमणको प्रयास


 काठमाडौँ। 

हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ।  रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले उनलाई  लेखेटेको र  त्यसपछि बीचमा दुईवटा गाडी थपिएर पच्छ्याएको उनले बताएका छन्। 

उनलाई सिनामंगलको गल्लीगल्लीमा खोजेको र  यता बानेश्वरसम्मै लखेटेको उनले  बताएका छन् । आफूलाई लखेट्ने को भन्ने  चाहिं  नचिनेको उनले बताए। 

उनका अनुसार ज्यान मार्ने उद्देश्यले नै आएका देखिएको थियो। उनले प्रहरीलाई पटक पटक फोन गर्दा पनि केही प्रतिक्रिया नजनाएको बताए। 

अहिले आफू कुन स्थानमा छु भन्ने चाहिँ उनले खुलाएनन्।