जेन–जी क्रान्तिका क्रममा राजधानीसहित देशभरका विभिन्न सरकारी र निजी भवनका साथमा प्रहरी कार्यालयजस्ता भौतिक संरचनामा तोडफोड तथा आगजनी भएको छ।सोही क्रममा क्षतिग्रस्त डल्लुस्थित प्रहरी कार्यालयलाई हास्य कलाकारको पहलमा पुनः प्रयोग योग्य बनाइएको छ। कमेडियन सजन श्रेष्ठको अगुवाइमा हास्य कलाकार सुमन कार्कीलगायतका कमेडी क्लबका सदस्यहरूले चौकी सरसफाई र रङरोगन गरेर प्रहरीलाई हस्तान्तरण गरेका हुन्।

प्रहरी स्टेशन तोडफोड र आगजनीका कारण प्रहरी बस्न नसकेको र अहिलेको अवस्थामा प्रहरीहरू अत्यन्तै आवश्यक रहेको भन्दै सजनले आफ्नो नजिकको प्रहरी चौकी मर्मत गर्ने योजना बनाएका थिए।‘मेरो घरनजिकै ढल्कु प्रहरी स्टेशन तोडफोड र आगलागी भएको छ।
यसलाई सरसफाईल र रङरोगनको गरेर प्रहरी दाजुभाइका लागि बस्न योग्य बनाउनु प¥र्यो’ सजनले सामाजिक सञ्जाल टिकटकमार्फत सहयोगका लागि आ≈वान गरेका थिए ‘रङको खर्च म व्यहोर्छु। तर मलाई १०÷१५ जना मेनपावर चाहिएको छ।’ उनको अपिलपछि युवाहरू स्वस्फूर्त रूपमा सरसफाई अभियानमा सहभागी भएका थिए भने कमेडी नाईटको टिमले पनि सो कार्यक्रममा सहयोग गरेको थियो।
सो चौकी रङरोगन तथा सरसफाईका क्रममा युवाहरू स्वस्फूर्त रुपमा सहभागी भई कसैले भ¥याङमा चढेर सिलिङ सफा गरे भने कसैले भुइ“ र पर्खालमा झाडु लगाए। केहीले पानी र साबुन प्रयोग गरी कालो भएको भित्तो पखाले। यसरी दुई दिनमै चौकीलाई पहे“लो रङले आकर्षक बनाइएपछि अन्ततः प्रहरीले मुहार फेरेको छ।
जेन–जीको प्रदर्शनमा पनि सक्रियरुपमा सहभागी भएका सजनले त्यस क्रममा कतिपय महत्वपूर्ण सरकारी भवन तथा निजी व्यावसायिक संस्थामा भएका तोडफोड र आगजनी रोक्ने प्रयाससमेत गरेका थिए।












प्रतिक्रिया