जेन–जी प्रदर्शनका घाइतेलाई सघाउन, देविका फाउन्डेशनको रक्तदान


लोकप्रिय गायिका देविका बन्दनाले जेन–जी प्रदर्शनका घाइतेलाई सघाउन मंगलबार राजधानीमा रक्तदान कार्यक्रम आयोजना गरेकी छन्। घाइतेहरूका लागि रगत अभाव भएको देखिएकाले उनले न्यूरोडस्थित भूगोलपार्कमा रक्तदान कार्यक्रम गरेकी हुन्। गायिका वन्दनाले आफ्नै नाममा स्थापना गरेको देविका बन्दना फाउन्डेशनको स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम पनि आयोजना गरेकी हुन्।


त्यस अवसरमा करिब ५० जनाले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रम लायन्स क्लब अफ काठमाडौं, सिताइला र पिंगलास्थान, लियो क्लब अफ सितापाईला र पिंगलास्थान तथा नेपाल टाइटिसियन संघको सहकार्यमा भएको हो।

क्यान्सर विजेतासमेत रहेकी गायिका बन्दनाले फाउण्डेसनमार्फत आगामी दिनमा क्यान्सर रोग सम्बन्धी स्वास्थ्य सचेतना अभिवृद्धिलगायतका सामाजिक कार्यक्रमसमेत अघि बढाउने बताइन्। फाउन्डेशनका सदस्य सर्फराज खानले आगामी दिनमा फाउन्डेशनले विशेष गरी क्यान्सर रोगबारे सचेतना कार्यक्रम सञ्चालन गर्ने बताए।