काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते हुने भनिएको परीक्षा देशको वर्तमान अवस्थाका कारण स्थगित गरी नयाँ तालिका सार्वजनिक गरिएको हो ।बोर्डको आज बसेको बैठकले उक्त मिति तय गरेको हो।
असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१) र अनिवार्य नेपाली (००२१) विषयको परीक्षा हुने छ भने असोज ८ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीले ठूलो कोड नम्बर भएको विषयको परीक्षा दिनुपर्नेछ । बोर्डले परीक्षा केन्द्र पूर्वनिर्धारण गरिसकेको जनाएको छ ।परीक्षा नियन्त्रका कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो।











प्रतिक्रिया