काठमाडौँ।
प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसंग छलफल गरेकी छन् । मंगलबार तिलगंगा आखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रुइतसंग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले विशेष परिस्थीतिमा आफूले सरकारको नेतृत्व गर्नुपरेकाले सहयोग गर्न डा रुइतसंग आग्रह गरेकी थिइन् ।
जवाफमा डा रुइतले आफूले सरकारलाई सहयोग गर्ने तर सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएको बुझिएको छ । छलफलपछि डा रुइतले आफूले अस्पतालको काम र विरामीलाई छाड्न नसक्ने बताए ।
जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्री बन्ने चर्चा चलेपछि रुइतले भने आफू चिकित्सकीय पेशामार्फत नागरिकको सेवामा तल्लिन हुने बताउदै आएका छन् ।











प्रतिक्रिया