गायक पुष्कल शर्मा र गायिका सन्जु न्यौपानेको स्वरमा नीलो आकाशैमा बादलु बोलको गीत सार्वजनिक भएको छ।
रमेश परियारको शब्द र संगीत रहेको छ। आशिष अविरलको संगीत संयोजन रहेको गीतको भिडियोमा सन्जु न्यौपाने आफैंले अभिनय गरेकी छन्।
भिडियोमा उनको साथमा लोमश शर्मा, आशा भुसाल र सन्तोष पाण्डले पनि अभिनय गरेका छन्। भिडियोको निर्देशन निरेन श्रेष्ठले गरेका छन् भने नितिन वाइबाको कोरियोग्राफी रहेको छ। चक्रबहादुर बरालको छायांकन र विष्णु खड्काको सम्पादन रहेको गीतको भिडियो सन्जु न्यौपानेको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।











प्रतिक्रिया