काठमाडौं ।
यो वर्ष विज्ञान र शिक्षा दिवस नहुने भएको छ । असोज १ गतेलाई विज्ञान र २ गतेलाई राष्ट्रिय शिक्षा दिवस पर्छ । सरकारले लैनचौरस्थित अमृत साईन्स क्याम्पस(अस्कल) स्थापना भएको दिन असोज १ गतेलाई विज्ञान दिवस मनाउने निर्णय गरेको थियो । भने निःशुल्क तथा अनिवार्य शिक्षा ऐन–२०७५ जारी भएको दिन असोज २ गतेलाई शिक्षा दिवस मनाइन्छ । असोज २ गते ऐन जारी भएको थियो । विसं २०८० सालदेखि असोज २ गते नयाँ ढंगले शिक्षा दिवस मनाउने गरिएको थियो ।
विपी कोइराला मेमोरियल प्लानेटेरियम अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका कार्यकारी निर्देशक डा सनतकुमार शर्माले विषम परिस्थितिको कारण विज्ञान दिवस मनाउने निर्णय रोकिएको हो । विज्ञान विवसमा विभिन्न कार्यक्रम गरी मनाउने प्रचलन थियो । नयाँ पुस्ता (जेन्जी) आन्दोनलको कारण शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयका कार्यकक्ष लगायत महत्त्वपूर्ण सामाग्री जलेर ध्वस्त भएपछि मन्त्रालयले केन्द्रीय तहमा दुवै दिवस नमनाउने निर्णय गरेको हो ।
मन्त्रालयले शिक्षा दिवस मनाउनको लागि २०८१ देखि ०८५ सम्मको नारा ज्ञान,विज्ञान,सीप,उद्यम र मौलिकता : साझेदारी र प्रगतियुक्त सक्षमता तय गरेको छ । दिवसको मुख्य कार्यक्रम असोज २ गते प्रज्ञा भवनमा गर्ने तयारी थियो । २०३१देखि फागुन १२ गते र ०६२÷०६३ सालमा गणतन्त्र आएसँगै अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सेप्टेम्बर ८ मा मनाइथ्यो । मन्त्रालयले सूचना जारी गरी विज्ञान र शिक्षा दिवस केन्द्रीय तहमा नमनाउने तर जिल्ला स्तरमा मनाउन सकिने निर्णय गरेको छ ।
विसं २०७२ मा संविधानसभाबाट संविधानको धारा ३१ को उपधारा २ मा आधारभूततह सम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्म निःशुल्कको व्यवस्था गरिएको छ । उक्त हक कार्यान्वयन गर्न संविधान जारी भएको तीनबर्ष भित्र आवश्यक ऐन बनाउनु पर्ने संवैधानिक किटानीका कार्यान्वयन गर्न ऐन तर्जुमा गरिएको थियो । सोही दिनलाई सरकारले शिक्षा दिवस िमनाउने मिति तय गरेको थियो ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (शिक्षा) चूडामणि पौडेलले यो वर्ष केन्द्रीय तहमा शिक्षा दिवस मनाउन नसकिने जानकारी दिनुभयो । भन्नुभयो–मनाउन सक्ने अवस्थै छैन, बल्लतल्ल अस्थायी रुपमा केशर महलमा मन्त्रालय सारेका छौ पुरा काम गर्ने वातावरण नभएसम्म कुनैपनि दिवस मनाउन सक्दैन । यसअघि ०६३, ०७७ र ०७८ सालमा शिक्षा दिवस मनाइएको थिएन । सरकारले २०३१ फागुन १२ गतेबाट शिक्षा दिवस मनाउन सुरु गरेको हो ।
विगतमा कति पटक रोकियो भन्ने बारेमा जानकारी नभएपछि गणतन्त्र आएपछि ३ पटक स्थगित भएको छ–मन्त्रालयका एक अधिकारीले भने । सचिव पौडेलले भन्नुभयो– शिक्षा दिवसको मूल कार्यक्रम आयोजना गर्न सबै तयारी पुरा भैसकेको थियो, आन्दोलनको कारण तहसनहस भयो । उहाँका अनुसार विभागीय मन्त्री नियुक्ति नभएको कारणलेपनि समस्या परेको हुनसक्ने जानकारी दिनुभयो ।











प्रतिक्रिया