काठमाडौं ।
चालु आर्थिक वर्ष २०८२|८३ को पहिलो महिना अर्थात् साउनमा रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको तथ्यांक अनुसार साउन महिनामा १ खर्ब ७७ अर्ब रुपियाँ रेमिट्यान्स भित्रिएको छ ।
गत आर्थिक वर्षको सोही महिनामा १ खर्ब ३६ अर्ब रुपियाँ मात्र भित्रिएको थियो । यसरी तुलना गर्दा यो अवधिमा रेमिट्यान्स प्रवाह २९.९ प्रतिशतले वृद्धि भएको छ ।
यसँगै लगातार ३० महिनादेखि प्रत्येक महिनामा एक खर्ब रुपियाँभन्दा बढी रेमिट्यान्स भित्रिरहेको छ । रेमिट्यान्स भित्रिने मात्रै होइन बाहिरिने रकम पनि बढेको छ । साउन महिनामा १ अर्ब २५ करोड रुपियाँ बाहिरिएको छ, जुन गत वर्षको साउनमा बाहिरिएको ४३ करोड रुपियाँभन्दा धेरै हो ।
यसैगरी वैदेशिक रोजगारीका लागि जाने कामदारको संख्यामा साउन महिनामा ६८ हजार ५ सय ७५ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् । यो संख्या गत वर्षको यही महिनामा श्रम स्वीकृति लिएका ५९ हजार ५ सय ७५ भन्दा करिब १४ प्रतिशत बढी हो ।











प्रतिक्रिया