काठमाडौँ ।
आजबाट शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालय केशर महलमा सरेको छ । आजबाट शिक्षा सचिव चूडामणि शर्मा केशर महलमा सरेका हुन् । सचिव शर्माले आज पहिलो दिन कार्यकक्षमा सरेको जानकारी दिए । भने–सिंहदरबार तयार नहुन्जेलसम्म केशर महलमा सरेका हौ ।
उनले अब केशर महलमा पनि शिक्षा मन्त्रालयका केही निकाय, विभाग र शाखा स्थानान्तरण गरिने जानकारी दिए । उनका अनुसार सिंहदरबारमा स्थान अभाव भइरहेको छ , केशर र सिंहदरबार दुबैस्थानबाट सेवा सञ्चालन गरिनेछ ।
सचिव पौडेल केशरमहलको कार्यकक्षमा पुगेलगत्तै मन्त्रीको कार्यकक्ष सजावट शुरु गरिएको छ । मन्त्रालयका अधिकारीका अनुसार मन्त्री आउने टुंगो नभएपछि कार्यकक्ष चिटिक्क पारेर तयारी अवस्थामा राखिएको छ ।
केशरमहलमा हाल मन्त्री सहित ५ वटा कोठा प्रयोग हुनेछ । त्यहीबाट सेवा दिने तयारी मन्त्रालयको छ । मन्त्री, सचिव र तीनवटा महाशाखा केशर महलमा रहनेछन् । ‘अब केशर महल र सिंहदरबार दुबैतिर मन्त्रालय हुनेछन्’–सचिव पौडेलले भने। शिक्षा मन्त्रालयको स्वामित्वमा रहेको केशरमहलमा केशर पुस्तकालय र सार्वजनिक खरिद अनुगमन कार्यालय छ । अनुगमन कार्यालयलाई पछि स्थानान्तरण गर्ने चाहना मन्त्रालयको छ ।











प्रतिक्रिया