काठमाडौं।
प्रधानमन्त्री सुशीला कार्की मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी अन्तिम गृहकार्यमा जुट्नुभएको छ । कार्कीले आइतबार साँझदेखि बालुवाटारमा रहेर मन्त्रिपरिषद् विस्तारको गृहकार्य थाल्नुभएको हो । स्रोतका अनुसार अर्थमन्त्रीमा पूर्वसचिव डा. रामेश्वर खनालको सम्भावना बढी देखिएको छ भने ऊर्जामन्त्रीमा कुलमान घिसिङलाई बनाउने सम्बन्धमा सहमति जुटेको बताइएको छ।
यसैगरी कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा अधिवक्ता ओमप्रकाश अर्यालको सम्भावना रहेको स्रोतले दाबी गरेको छ । यस्तै विभिन्न व्यक्तिहरुले मन्त्रीको दाबी गर्दै प्रधानमन्त्री कार्कीलाई भेट्न खोजिरहेका छन् । तर उनीहरुले भेट्न पाएका छैनन् । कसैले मलाई मन्त्री बनाइदिनुप¥यो भनेर गएकै भरमा मन्त्री बनाउन नसकिने प्रधानमन्त्री कार्कीको भनाइ छ ।
प्रधानमन्त्रीलाई चुस्त र सानो मन्त्रिपरिषद् बनाउन दबाब छ । साथै मन्त्रीमा आउने व्यक्तिहरु इमानदार असल, विवादमा नपरेको र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अख्तियार गर्न सक्ने व्यक्ति चाहिने विज्ञहरुको सुझाव छ । हाल प्रधानमन्त्री कार्कीले २१ वटा मन्त्रालयको जिम्मेवारी आफैं सम्हाल्दै आइरहनुभएको छ ।

रहरले म आएको होइन : सुशीला कार्की
प्रधानमन्त्री
भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई सहज र नयाँ पुस्ताको भावनाअनुसार अघि बढ्नुपर्ने खाँचो छ । रहरले म आएको होइन, सडक र जताततैबाट जिम्मा लेऊ भनेर सुझाव आयो । म विवश हुनुप¥यो । सत्ताको रसास्वादन गर्न आएको होइन ।











प्रतिक्रिया