लोकप्रिय गायक कृष्ण काफ्ले पछिल्लो समय आफ्ना गीत संगीत प्रस्तुतिका साथ देश विदेशका मञ्चमा छाइरहेका छन्। एकपछि अर्को गीत हिट हुँदै गएपछि उनको स्वर र गीतको लोकप्रियता मात्र बढेको छैन, व्यस्तता पनि बढेको छ। करिब डेढ दशक लामो सांगीतिक यात्रामा उनले जति गीत दिए, उति नै संघर्ष र सफलता भोगेका छन्।
सानैदेखि गायनमा रुचि राख्ने उनी स्कुले जीवनमै रेडियो र टेलिभिजनमा बज्ने गीत सुनेर प्रभावित हुन्थे। स्कुले जीवनमै साथीभाइ जम्मा गरेर गीत गाउने, छिमेकीहरूसंग तिमी राम्रो गायक बन्छौ भन्ने प्रेरणा पाउने–त्यसैको बलमा गाउँठाउँका कार्यक्रमदेखि नवलपरासी आइडलसम्म पुगेका कृष्ण पहिलो प्रयासमै विजेता बने। एसएलसीपछि काठमाडौं प्रवेश गर्दा उनको सपना त थियो सफल गायक बन्ने, तर गुजारा कठिन। त्यहीबेला हास्य अभिनेता निर्मल शर्मासँगको चिनजानले उनलाई लोकप्रिय हास्य टेलिसिरियल तितो सत्यमा अभिनय गर्ने अवसर दिलायो। तर उनको मन भने संगीतमै थियो। गुजारा चलाउन जागिर पनि आवश्यक थियो। तर जागिर छाडेर श्री संगीत पाठशालामा चण्डीप्रसाद काप्mलेस“ग औपचारिक संगीत सिक्दै उनले जीवनलाई पूर्णरूपमा गायनमै समर्पित गर्दै लगे।
२०६५ सालमा आएको उनको पहिलो गीत आँसुमा डुबाउन्न भन्थ्यौले राम्रो प्रतिक्रिया पायो। त्यसपछि चोट दिने मायाजस्ता आप्mनै शब्द संगीतका सिर्जनाले उनलाई फरक पहिचान दिलायो। गायक काप्mलेले आप्mनो शब्द र संगीतमा पनि गीत तयार पारे। पहिलो गीत चोट दिने मायामा उनले शब्द–संगीत तयार पारे तर स्वर भर्न गायक मनोजराजलाई लगाएका थिए। त्यसपछि राजु परियार, रामजी खा“ड, देवी घर्ती, पूर्णकला बिसी, अञ्जु पन्तलगायतका चर्चितका स्वरलाई आप्mनो शब्द संगीतमा रेकर्ड गराएर उनले सांगीतिक यात्रा मजबुत बनाउँदै लगे। तर उनको मनमा चाहिं गायक बन्ने सपना नै नाचिरहेको थियो। गीत लेख्ने र संगीत सिर्जना गर्ने काम पनि जान्न आवश्यक थियो। तर दुबैलाई एकैसाथ अघि बढाउन कठिनाई महसुस गरेपछि उनले अन्ततः गायनमै बढी ध्यान केन्द्रित गरे। उनका डीभीडी-सीडी बजारमा राम्रै बिक्री भए, मोबाइल रिङब्याकटोन (सीआरबिटी÷पीआरबिटी) मार्फत उनका गीतहरू घरघरमा गुन्जिन थाले।
२०६७ सालमा फिल्म दबाबको तिम्रो पावरफूल वैशको झड्काले उनलाई चर्चामा ल्यायो। त्यसपछि फिल्म लभ यू बाबाको शीर्ष गीत, मंगलमको सुपरहिट गीत पर्ख पर्ख मायालु, छक्का पञ्जाको देख न चम्पा सुनन चम्पा, किस्मत २ को तिम्रो पिक्चर हिट, मैले बोलेको छैन ढा“टेरजस्ता उनको स्वरका गीतले युट्युबमा करोडौं भ्युज पाएका छन्। पर्ख पर्ख मायालु मात्र ७ करोड ४१ लाखभन्दा बढीपटक हेरिएको छ भने देख न चम्पा सुनन चम्पा १ करोड २० लाख, तिम्रो पिक्चर हिट ७० लाख, मैले बोलेको छैन ढा“टेरले करिब ८८ लाख भ्युज पाएका छन्। त्यसैगरी वृन्दावनको तिमी ताला म हु चाबी, लभ यू बाबाको शीर्ष गीत, रुद्रको तिमीमा हराए, मारुनीको हानें मैले झटारोलगायत दुई दर्जनभन्दा बढी फिल्ममा स्वर भरेका छन्। पाश्र्व गायनमा लोकप्रियता कमाइसकेका काप्mले आधुनिक, लोक, लोकपप, गजलदेखि पपसम्मका गीतमा उत्तिकै हिट छन्। उनको आप्mनै शब्द संगीतमा बनेको चोलीको तुना गीत (समीक्षा अधिकारीसंगको युगल स्वरमा) युट्युबमा दश लाखभन्दा बढी पटक हेरिएको छ। भर्खरै आएको म गीतहरूमा डुबेर पनि श्रोतामाझ रुचाइएको छ। २०६४ सालबाट सांगीतिक यात्रा सुरु गरेका कृष्णले हालसम्म ५०० भन्दा बढी गीत गाइसकेका छन्।

गायक मात्र नभई सर्जकको पहिचान पनि बनाएका काप्mलेले अर्जुन पोखरेल, वसन्त सापकोटा, आलोक श्री, दीपक शर्मालगायतका संगीतकारसंग सहकार्य गरेका छन्। त्यस्तै दीपाश्री निरौला, मीना निरौला, मेलिना राई, अञ्जु पन्तलगायतका स्थापित गायिकादेखि पछिल्लो पुस्ताका धेरै चर्चित गायिकाहरूसंग पनि स्वर मिलाइसकेका छन्। उनले आप्mना गीतको केही भिडियोमा मोडलिङ पनि गरेका छन्।
गीतहरूको लोकप्रियतासँगै पुरस्कार र सम्मान पनि उनको थाम्नै नसक्ने गरी थपिंदै गएका छन्। सरकारले प्रदान गर्ने जनसेवाश्री पञ्चमबाट विभूषित उनले माया बस्यो गीतबाट म्युजिक खबर म्युजिक अवार्ड २०१५ मा बेस्ट पप सि“गर अफ द इयर, लाईदैन माया पिरतीबाट सुन्दरादेवी म्युजिक अवार्ड २०१७ मा बेस्ट मोडर्न सिंगर अफ द इयर, देखन चम्पाबाट म्युजिक खबर म्युजिक अवार्ड २०१७, नेशनल राप्ती म्युजिक अवार्ड २०१७, डी सिने अवार्ड २०१७, र सीजी लक्स कामना फिल्म अवार्ड २०१८ मा बेस्ट प्लेब्याक सि“गर अफ द इयरजस्ता अवार्ड जिते। देखन चम्पाको लोकप्रियतास“गै उनले एकै वर्ष लगातार तीन प्रमुख अवार्ड जितेर ह्याट्रिक पनि गरे।
त्यसैगरी पर्ख पर्ख मायालुबाट १४औं कालिका एफएम म्युजिक अवार्ड २०१८ मा बेस्ट प्लेब्याक सि“गरअफ द इयर र बेस्ट पपुलर सङ अफ द इयर दुवै जिते। आमा गीतले उनलाई नेशनल पावर न्युज म्युजिक अवार्ड २०१९ मा बेस्ट पप गायकको अवार्ड दिलायो। चाखुम चाखुमले नेशनल पावर न्युज म्युजिक अवार्ड २०२१ मा बेस्ट सि“गर मेल अफ द इयर उपाधि दिलायो भने हानें मैले झटारोले डी सिने अवार्ड २०२२ मा बेस्ट प्लेब्याक सि“गरको अवार्ड दिलायो। त्यस्तै नातिकाजी संगीत पुरस्कार, अमेरिकाको न्यूयोर्क राज्यबाट साइटेशन सम्मान जस्ता पुरस्कारले उनको योगदानलाई अझ प्रष्ट बनाएको छ।
उनले संयुक्त राज्य अमेरिका, क्यानडा, बेलायत, युरोपका विभिन्न देश, इजरायल, साइप्रस, कतार, बहराइन, मलेसिया, सिंगापुर, थाइल्याण्ड, टर्की, भारतलगायतका मुलुकमा सांगीतिक प्रस्तुति दिइसकेका छन् भने नेपालकै ४० भन्दा बढी जिल्लामा उनले आप्mना गीत संगीत प्रस्तुत गरिसकेका छन्।











प्रतिक्रिया