केही समयअघि बलिउड अभिनेत्री तमन्ना भाटिया र क्रिकेटर तथा अभिनेत्री अनुष्का शर्माका पति विराट कोहलीको एक तस्बिर इन्टरनेटमा भाइरल थियो।
तस्बिर भाइरल भएसँगै यी दुईबीच अफेयर रहेको भन्ने खबर आउन थालेका थिए। तर लामो समयको मौनतापछि तमन्नाले ती खबरबारे मुख खोल्दै ती केवल हल्ला मात्र भएको दाबी गरेकी छन्। हालै एक भारतीय सञ्चारमाध्यमका साथ कुराकानी गर्दै आफूहरूबीच चलेको हल्लाले निकै नराम्रो लागेको समेत उनले बताएकी छन्। ‘मलाई साच्चिकै नराम्रो लाग्छ, किनभने मैले उहाँसंग एड शुटका लागि केवल एक दिन मात्र भेटिएकी थिएँ । त्यो शुटपछि मैले विराटसंग कहिल्यै भेटेको छैन। न मैले उहाँसंग कुराकानी नै गरेकी छु’ तमन्नाले आप्mनो सफाईस्वरूप भारतीय सञ्चार माध्यमसंग भनेकी छन्।
कुराकानीमा तमन्नाले पाकिस्तानी क्रिकेटर अब्दुल रज्जाकमका साथ नाम जोडिएको विषयमा पनि प्रतिक्रिया दिएकी छन्। ‘इन्टरनेट धेरै रमाइलो ठाउं हो। इन्टरनेटका अनुसार त मैले अब्दुल रज्जाकसंग विवाह गरिसकेको छु। बिचरा, मैले उहासंग बिहे गरें। माफ गर्नुहोस् सर (अब्दुल रज्जाक), तपाईंका दुई–तीन जना बच्चा छन्, मलाई थाहा छैन तपाईंको जीवन कस्तो चलिरहेको छ, तर यो निकै लाजमर्दो कुरा हो’ उनले भनेकी छिन् ‘मैले उहाँलाई एक गहना पसलको उद्घाटनमा भेटेकी थिएँ ।’
तमन्नाले कसैसंग कुनै सम्बन्ध नै नभई मानिसले गलत हल्ला फैलाउनु निकै अजीब कुरा भए पनि त्यसविरुद्ध केही गर्न नसकिने बताएकी छन्। ‘यसलाई बुझ्न समय लाग्छ, तर हामी यसमा केही गर्न सक्दैनौ“। जसले जे सोच्नुछ, उसले त्यही सोच्नेछ। कसैले पनि यसको नियन्त्रण गर्न सक्दैन’ तमन्नाको भनाइ छ।











प्रतिक्रिया