लोकप्रिय गायक यश कुमारको नयाँ गीत हल्का हल्काको राजधानीमा आयोजित एक कार्यक्रम बीच सांगीतिक भिडियो सार्वजनिक गरिएको छ।
गायक यश कुमारको शब्द रचना तथा संगीत रहेको गीतमा एरेन्जमेन्ट र मिक्सिङ देवेश राईको रहेको छ। गीतमा यश कुमारका साथमा गायिका स्मिताको स्वर छ। गीतको भिडियोमा पनि यश र स्मिताले नै मुख्य भूमिकामा अभिनय गरेका छन्। उनीहरूसँगै राजेश घतानी, दीपेन्द्र सोनम, सुगत करनजीत, तुलसा लिम्बु र सुदीप सोनमको अभिनय रहेको छ। भिडियोको निर्देशन यश कुमारले नै गरेका छन्। भिडियोमा डिओपी हरि हुमागाईं तथा सम्पादन र कलर विकास धमलाको रहेको छ। भिडियो यश कुमारको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
म्युजिकल फिल्मको रुपमा तयार पारिएको गीतको भिडियो हेरेपछि प्रमूख अतिथी ख्यातिप्राप्त फिल्मकर्मी तुलसी घिमिरेले गायक यश कुमारको काम गर्ने तरिकाबाट प्रभावित भएको बताए।











प्रतिक्रिया