प्रतिनिधिसभा विघटनप्रति माओवादीको गम्भीर असहमति


काठमाडौं ।

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा विघटनको निर्णयप्रति गम्भीर असहमति जनाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको आकस्मिक बैठकले संसद् विघटनलाई संविधानविपरीत ठहर गर्दै असहमति जनाउने निर्णय गरेको हो ।

प्रवक्ता अग्नि सापकोटाले वर्तमान परिस्थितिमा यस्तो कदम असंवैधानिक भएको माओवादी केन्द्रको ठहर रहेको जानकारी दिए ।