काठमाडौँ।
राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका प्रधानसेनापति अशोकराज सिग्देल करिब पौने घण्टा राष्ट्रपति निवासमा छलफल गरेर त्यहाँबाट बाहिरिएका छन्।
नयाँ सरकार गठनका लागि छलफल भइरहँदा उनीहरूबीच भेट भएको हो।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति भए पनि संसद विघटनबारे भने सहमति जुट्न बाँकी छ ।
जेन-जीका प्रतिनिधिहरुले संसद् विघटन गर्नैपर्ने अडान राखेका छन् ।











प्रतिक्रिया