काठमाडौं।
अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति प्रक्रिया सम्बन्धमा आज बिहान ९ बजेका लागि तय गरिएको छलफल कार्यक्रम केही घण्टाका लागि सारिएको छ।
राष्ट्रपति निवास शीतल निवासमा तय भएको उक्त बैठक सारिनुको कारण विभिन्न राजनीतिक दलहरूबीच आन्तरिक समन्वय आवश्यक रहेको बताइएको छ।
स्रोतका अनुसार, वार्तामा संलग्न दलहरूले अन्तिम निर्णय लिनुअघि आ–आफ्नो पक्षभित्र थप छलफल गर्नुपर्ने आवश्यकता देखिएकोले छलफल कार्यक्रमलाई केही समय पछाडि सारिएको हो।
अन्तरिम प्रधानमन्त्री नियुक्तिको सन्दर्भमा पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम चर्चामा रहेको बेला यो छलफल तय गरिएको थियो। हालसम्म नयाँ समय सार्वजनिक गरिएको छैन भने दलहरूबीच चलिरहेको परामर्शलाई ध्यानमा राख्दै छलफलको मिति छिट्टै तय गरिने अपेक्षा गरिएको छ।











प्रतिक्रिया