प्रेम, बिबाह र सामाजिक सम्बन्धका कथामा आधारित फिल्म मेरो जुत्ता खोईमा समावेश दिलको ढोका खोलेर बोलको गीत सार्वजनिक गरिएको छ।
गीतमा राजेश पायल राई र मेलिना राईको स्वर, डा. ओमकृष्ण प्रसाईंको शब्द रचना, विकास चौधरीको संगीत र सञ्जय हमालको एरेन्जमेन्ट रहेको छ।ध गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारलाई प्रस्तुत गरिएको छ भने कोरियोग्राफी कमल राईले गरेका छन्।

कुमार केसीद्वारा निर्देशित फिल्ममा सुरवीर पण्डित, रोहन सेन्चुरी, प्रशान्त मुखिया, रचना शिवाकोटी, लानाम डोर्जे लामा, कृष्ण सुवेदी, दीपेन्द्र सुब्बा, तुलसा शर्मा, अचला अधिकारी, अभय अधिकारी, पिटर खवासलगायतले अभिनय गरेका छन्।
फिल्मको निर्माण दर्पण क्षेत्रीले गरेका हुन् भने प्रस्तुतकर्ता अभय अधिकारी हुन्। निर्मातामा प्रितम मुखिया र अभय अधिकारी छन्। कार्यकारी निर्माता रोहन सेन्चुरी (डम्बर बहादुर विश्वकर्मा) हुन्।











प्रतिक्रिया