शिल्पा दम्पतीलाई देश छोड्न रोक


मुम्बई प्रहरीले बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राविरुद्ध ६० करोड भारु ठगीको मुद्दामा हालै लुकआउट सर्कुलर जारी गरेको छ। भारतीय सञ्चारमाध्यमले एक वरिष्ठ प्रहरी अधिकारीका उद्धृत गर्दै उनीहरू प्रायः दुवै विदेश यात्रा गर्ने भएकाले अनुसन्धानमा बाधा नआओस् भनेर यो कदम चालिएको हो। लुकआउट सर्कुलर भनेको प्रहरी वा अनुसन्धान निकायले जारी गर्ने एउटा आधिकारिक सर्कुलर हो, जसको उद्देश्य कुनै व्यक्तिलाई देश छाडेर भाग्न नदिनु हो।

गत अगस्ट १४ मा आर्थिक अपराध शाखामा मुम्बईका व्यापारी दीपक कोठारीले उनीहरूविरुद्ध उजुरी दर्ता गराएका थिए। उनका अनुसार, सन् २०१५ देखि २०२३ सम्मको अवधिमा व्यापार बढाउन भन्दै शिल्पा र राजलाई उनले कूल ६०.४८ करोड रुपिया“ दिएका थिए। तर, उक्त रकम कम्पनीमा लगानी गर्नुको सट्टा व्यक्तिगत खर्चमा प्रयोग गरिएको आरोप उनले लगाएका छन्। कोठारीले शिल्पा दम्पतीलाई वार्षिक ब्याजदरमा ७५ करोड रुपिया“ ऋण दिने सहमति भएको थियो। तर पछि करसम्बन्धी समस्या आउने भन्दै रकमलाई लगानीका रूपमा देखाउने र मासिक रूपमा फिर्ता दिने प्रस्ताव गरिएको थियो। यसरी पटकपटक गरेर कोठारीले उनीहरूलाई ६०.४८ करोड ऋण दिएका थिए।

शिल्पाले व्यक्तिगत ग्यारेन्टीसमेत दिए पनि कम्पनीको निर्देशक पदबाट राजीनामा दिएकी थिइन्। यसअघि पनि शिल्पाको कम्पनीमा १.२८ करोड रुपिया“ ऋण नतिरेको अर्को मुद्दा बाहिर आएको थियो।