हेटौंडा।
सानैदेखि परोपकारी सोच राखेर अगाडि बढ्दै गएका पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–७ का करिब २६ वर्षीय अमिर क्षेत्री मिस्टर ओकिनावा जापान २०२५ बनेका छन्।
जापानको ओकिनावा शहरमा आयोजित मिस्टर एण्ड मिस ओरिएन्टल ओकिनावा प्रतियोगितामा नेपालका क्षेत्री विजेता घोषित भएका हुन्। उक्त उपाधि जित्ने उनी पहिलो नेपाली हुन्। जापानी प्रतिस्पर्धीलाई पछि पार्दै आफ्नो दिमाग, आत्मविश्वास र प्रतिभाको बलमा मिस्टर ओकिनावाको उपाधि जित्न सफल भएको भन्दै उनको प्रशंसा भइरहेको छ। मिस्टर ओकिनावा भएका उनले अवार्डसहित नगद र विभिन्न पुरस्कार प्राप्त गरेका छन्।
जुन महिनादेखि शुरु भएको प्रतिस्पर्धाको फाइनल केही दिनअघि सम्पन्न भएको हो। प्रतियागितामा मिस्टर, मिस र किड्स गरी ३ विधा समेटिएको थियो। नेपालका क्षेत्रीको प्रस्तुतिले फाइनलमा छुट्टै छाप छोड्न सफल भएको जापानमा रहेका नेपालीको भनाइ छ। उनी अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा जापान र नेपाल दुई देशको प्रतिनिधित्व गर्ने पहिलो व्यक्तिसमेत बनेका छन्। प्रतियोगिताको मूल उद्देश्य केवल लिंग वा उमेरअनुसार वर्गीकरण गर्नु होइन, बरू कसको सोच फरक र सकारात्मक छ र कसले समाजमा देखिएका समस्याहरूको समाधान दिनसक्छ भन्ने मूल्यांकनमा आधारित थियो।
प्रतियोगिता अन्य सौन्दर्य प्रतियोगिताभन्दा फरक थियो। शारीरिक सुन्दरतालाई भन्दा पनि व्यक्तिको सोच, दृष्टिकोण र समाजमा केही फरक गर्ने क्षमतालाई प्राथमिकता दिइएको थियो। जापानमा सफलता प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै उनले आगामी दिनमा पनि सौन्दर्य क्षेत्रलाई पनि अघि बढाउ“दै लैजाने बताएका छन्। ‘जापानमा आएर मिस्टर ओकिनावा जापान बन्न सफल भएकोमा एकदम खुशी छु’ क्षेत्रीले भने ‘यो उपाधि जित्ने म पहिलो नेपाली भएकोले आफैंमा एक ऐतिहासिक उपलब्धि हो भन्ने लागेको छ।’ आगामी दिनमा अझ मेहनत गरेर अघि बढ्ने योजना रहेको उनले बताए।











प्रतिक्रिया