सोमबारबाट शुरु जेनजी प्रदर्शनले वर्तमान शासन सत्ता सधैंका लागि ढालिदिएको छ। भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका युवामाथि भएको बर्बर दमन भएपछि र दुई दर्जन प्रदर्शनकारी निर्ममतापूर्वक मारिएपछि कलाकार, इन्प्mलुएन्सर र विविध क्षेत्रका अगुवाहरूले आक्रोश व्यक्त गर्दै जेनजीको खुला समर्थन गरेका छन्।

कयौंले सामाजिक सञ्जालमार्फत सरकारले चलाएको कदमबारे आक्रोस पोखेका छन्। केही कलाकर्मीहरूले आफू आवद्ध पार्टी परित्यागको घोषणा गर्दै जेनजीको पक्ष लिएका छन्। सबिन श्रेष्ठ, गोपाल नेपाल छन्दे, सन्ध्या केसी, जान्भी बस्नेत, इभा गिरी, इस्टु कार्की, आयुस ठकुरी एलिजे, ओसिन सिटौलालगायतका कलाकार, इन्प्mलुएन्सर र सञ्चारकर्मीले सडकमै ओर्लेर जेनजीलाई साथ दिएका छन्।

रास्वपाका सांसद तथा फिल्म निर्देशक असिम शाहले सांसद पदबाट राजीनामा दिएका छन्। आन्दोलनमाथि सरकारले दमनकारी नीति अपनाएको भन्दै उनले राजीनामा दिएका हुन्। उनले मंगलबार विज्ञप्ति जारी गर्दै तत्काल सांसद पद परित्याग गरेको घोषणा गरेका हुन्। शाहले आप्mनो राजीनामाको मुख्य कारण सरकारको दमनकारी रवैया र निर्दोष नागरिकमाथि गोली चलाउने अमानवीय कार्य भएको उल्लेख गरेका छन्। ‘म असिम शाह, प्रतिनिधिसभाको सदस्यको हैसियतमा आजको मितिदेखि तत्काल प्रभावका साथ संसद् सदस्य पदबाट राजीनामा बुझाएको जानकारी गराउ“छु’ उनले सामाजिक सञ्जालबाट जनाएका छन् ‘संसद्मा बसेर चुप लाग्नु, या यस्ता गलत नीतिहरूलाई मौन समर्थन गर्नु मेरो पुस्ता, मतदाता र मेरो देशको भविष्यस“ग ठूलो विश्वासघात हुनेछ भन्ने दृढ विश्वासका साथ, मैले यो निर्णय गरेको हु“। म अब सडकमा उत्रेर जेनजी पुस्ता, आप्mना नागरिक र सत्यका पक्षमा लड्न प्रतिबद्ध छु।’

त्यस्तै ख्यातिप्राप्त अभिनेता राजेश हमालले नेपाली भएकोमा आफूले इतिहासमै पहिलोपटक नेपाली भएकोमा लाज र पीडा महसुस गरेको बताएका छन्। ‘हामी एक राष्ट्रको रूपमा हाम्रो युवालाई आशालाग्दो भविष्य मात्र दिन असफल भएका छैनौ“, ऊनीहरूको वर्तमानसमेत खोसिरहेका छौ“। म विदेश यात्रा गर्दै छु। नेपाली भएकोमा यती लाज महसुस मैले कहिले गरेको थिइन। आजको दिन नेपालको इतिहासमा सबैभन्दा पिडादायी दिन बनेको छ’ सोमबार विदेश जा“दाजा“दै सामाजिक सञ्जालमा उनले उल्लेख गरेका छन्। ‘नेपालको इतिहासकै कालो दिन। नेपालको इतिहासमा यत्रो ठूलो पिडादायी घटना सायदै घटेको थियो होला। विभिन्न कालखण्डमा विभिन्न आन्दोलन र क्रान्ति भए तर जुन घटना हिजो घट्यो, ५-६ घन्टामा १९ देखि २२ वर्षको युवाहरूको विभत्स हत्या भएको छ। हामीले के मनन गर्नुपर्छ भने यस्ता युवाहरू पनि हुनुहुन्छ, जो १८ वर्ष मुनिको हुनुहुन्छ। यस्तो किसिमको घटना हुनु भनेको राज्यले भयंकर ठूलो क्राईम गर्नु हो’ हमालले अष्ट्रेलिया पुगेर त्यहा“ आयोजित कार्यक्रममा भने ‘नेपालमा जेनजीले जे गरिरहनु भएको छ, त्यसको समर्थन हामी सबै गर्छौं। साथसाथमा जेनजीलाई विनम्र अनुरोध पनि के गर्नुपर्छ भने राष्ट्रको सम्पदा, संरचना, पूर्वाधार भनेको सबै नेपालीको हो, यो कुनै नेताको सम्पत्ती होइन, राष्ट्रको सम्पत्तीको नास नगरौं।’
अभिनेत्री करिश्मा मानन्धरले आफू अब कुनै पनि राजनीतिक दलस“ग आवद्ध नरहेको घोषणा गरेकी छिन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्तिमा उनले नेकपा एमाले त्यागेको स्पष्ट गरेकी हुन्। ‘अहिलेसम्म मेरो राजनीतिक संलग्नता मूल्य र प्राथमिकताको आधारमा थियो। तर अबदेखि म कुनै पनि पार्टी वा संगठनमा आवद्ध छैन’ उनले लेखेकी छन्। साथै, उनले आफू सधैं जनताको आवाज र कलाकारकै रूपमा रहन चाहेको पनि जनाएकी छन्। ‘म जनताको कलाकार थिए“ र यही रूपमा आगामी दिनहरूमा पनि रहन चाहन्छु’ करिश्माले उल्लेख गरेकी छन्।

त्यस्तै कलाकार किशोर भण्डारीले का“ग्रेस पार्टी परित्याग गरेको घोषणा गरेका छन्। ‘आज अहिले म किशोर भण्डारी नेपाली का“ग्रेसको पार्टी परीत्याग गरी स्वतन्त्र भई राष्ट्रको लागी ज्यान अर्पण गरेका मेरो छोरा पुस्ताको जेनजी आन्दोलनलाई सफल बनाउन ज्यान समेत अर्पण गर्न तयार छु’ भण्डारीले सामाजिक सञ्जालमा लेखेका छन्।

अभिनेत्री तथा निर्मात्री श्वेता खड्काले पनि सबै पार्टीलाई पूर्ण रूपमा त्यागेको घोषणा गरेकी छन्। ‘रातभरि निद्रा लागेन, आज मन धेरै भारी भएको छ। आमा भएकी नाताले सन्तान गुमाएकी आमा सम्झि“दै छु। र यो जन्मभूमि आमालाई रुवाएको कालो दिन पनि नेपाल आमाका लागि खुशी–खुशी ज्यान अर्पण गर्ने सबै सपुतहरूलाई भावपूर्ण श्रद्धाञ्जली’ उनले लेखेकी छन्।

अर्की अभिनेत्री तथा निर्मात्री पुजा शर्मा लेख्छिन् ‘भ्रष्टराज तोड्नु छ सिंगो नेपाल जोड्नु छ।नेताहरूले पैसा त चोरे चोरे। तर यदि हामी चुप लागेर बस्यौ“ भने, तिनीहरूले हाम्रो भविष्य पनि चोर्छन्। जोश जा“गर र आत्मविश्वसका साथ जागौ“ युवा हो।’ त्यस्तै हास्य अभिनेता दीपकराज गिरी लेख्छन् ‘यो कालो दिनको प्रमुख कारण जति चुनाब गरे पनि कसैको बहुमत नआउने निर्बाचन प्रणाली (काले काले मिलेर खांउ भाले) र अनेकौ राजनैतीक परिबर्तनका बावजूद भ्रष्ट ब्युरोक्रेसी जस्ताको त्यस्तै अपरिवर्तित रहनु। भ्रष्ट तथा अदूरदर्शी नेतृत्व। एउटै अनुहारले पालै पालो मुलुक हा“क्नु। सामान्य नागरिकले एउटा पार्टीको सदस्यता नलिइ बांच्नै नसकिने अबस्थाको अन्त्य नै अबको आवश्यकता।’ निर्माता, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाको आग्रह छ ‘जेन जी तपाइहरूको हातमा जिम्बेवारी आउ“दैछ। त्यसैले अब संयमित बन्दै जाऔ“, भोली तपाइ हामिलाइ चाहिने भौतिक संरचना बचाऔ“।’

त्यस्तै सामाजिक सञ्जाल टिकट मार्फत भिडियो पोस्ट गर्दै निर्देशक निश्चल बस्नेत, पल शाहलगायतले जेनजीलाई समर्थन गरेका छन्।












प्रतिक्रिया