काठमाडौँ।
कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। जेनजी प्रर्दशनकारीले देशका विभिन्न स्थानमा गरेको प्रदर्शनमा सरकारले गरेको व्यापक दमनमा ठूलो मानवीय क्षति भएपछि प्रधानमन्त्रीओलीसँग कुरा गर्न सभापति देउवा बालुवाटार पुगेका हुन्।
सरकारले गत बिहीबारदेखि बन्द गराएको सामाजिक सञ्जाल तत्काल खोल्न देउवाले ओलीलाई फोनबाट आग्रह गरेका थिए।
उनले सोमबार बेलुकादेखि नै बन्द गरिएका सबै सञ्जाल खोल्नेगरी मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्न भनेका थिए। तर, लगत्तै बसेको मन्त्रिपरिषद बैठकले त्यसबारे कुनै निर्णय गरेन।
त्यही विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र प्रधानमन्त्री ओलीबीच चर्काचर्की परेको थियो।
अहिले बालुवाटारमा मन्त्री पौडेल, परराष्ट्रमन्त्री आरजु राणालगायतका नेता बैठकमा सहभागी छन्। कांग्रेसको सोमबार साँझ बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले जेनजीको प्रदर्शनमा भएको क्षतिको बारेमा समीक्षा गरेको थियो।
गृहमन्त्री रमेश लेखकले आफूले राजीनामा दिने बताएर मन्त्रिपरिषद् बैठकमा हिडेका थिए। लगत्तै उनले राजीनामा दिइसकेका छन्।











प्रतिक्रिया