आगामी असोज ३ गते रिलिजमा आउने फिल्म जारी–२ : सङ अफ च्याब्रुङमा समावेश अम्लारी बोलको गीत सार्वजनिक गरिएको छ।
उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म बाँसुरी फिल्म्स् र कबड्डी फिल्म्स्को ब्यानरमा रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्।
फिल्ममा दयाहाङ राई, मिरुना मगर तथा विजय बराल प्रमुख भूमिकामा छन् भने बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, वेदना राई र सिर्जना निङ्लेखुलगायतले पनि अभिनय गरका छन्।
२०८० सालको ब्लकबस्टर फिल्म जारीपछि जारी २ निर्माण गरिएको हो। त्यस वर्ष फिल्मले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो। त्यसैले निर्माण घोषणा भएदेखि नै यो फिल्मलाई प्रतीक्षित फिल्मको सूचीमा राखिएको छ।











प्रतिक्रिया