काठमाडौं।
आजदेखि युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने भएको छ।
उक्त शक्ति प्रदर्शनमा कलेजका विद्यार्थीहरूका साथै अन्य युवाहरू स्वःस्फूर्त सहभागी हुने भए तापनि यसको संयोजन ‘हामी नेपाली’ भन्ने संस्थाले गरेको छ। संस्थाका संस्थापक अध्यक्ष सुदन गुरुङले आइतबार नेपाल समाचारपत्रसंग कुरा गर्दै आज आन्दोलनको पहिलो दिन माइतीघर मण्डलाबाट युवाहरूको शक्ति प्रदर्शन गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘हामी यो आन्दोलन हाम्रा मागहरू पूरा नहुन्जेल अनिश्चितकालीन रुपमा जारी राख्नेछौं।’
उहाँका अनुसार आज बिहान ९ बजेदेखि ५ बजेसम्म युवाहरूले मण्डलामा शक्ति प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ। सोही क्रममा सोमबारको आन्दोलनको स्वरुप तय गरी घोषणा गर्ने कार्यक्रम पनि छ।
गुरुङका अनुसार उक्त कार्यक्रममा ‘हन्ड्रेड ग्रुप’ लगायत विभिन्न युवा संगठनका १७ हजारभन्दा बढी युवाहरूको सहभागिता रहने अपेक्षा
गरिएको छ।
विसं. २०७२ सालको भूकम्पपछि उद्धार र राहत वितरणको उद्देश्यले संगठित भएको हामी नेपाली भन्ने संस्थाको हाल देशभर ९२ वटा च्याप्टर रहेको संस्थापक अध्यक्ष गुरुङले बताउनुभयो।











प्रतिक्रिया