हरिबहादुरको ढाका टोपी शिरैमा


ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्य आफ्नो लोकप्रिय पात्र हरिबहादुरका साथ फर्कन लागेको फिल्म हरिबहादुरको जुत्तामा समावेश गीत ढाका टोपी शिरैमा सार्वजनिक गरिएको छ।

आशिष अविरल र मेलिना राईको स्वर रहेको गीतमा दानबहादुर कार्कीको शब्द रचना र दीपक शर्माको संगीत रहेको छ। लोक प्mलेबरलाई फिल्मी शैलीमा तयार पारिएको गीत दर्शकले रुचाएका छन्। किरण थापाको कोरियोग्राफीमा तयार भएको भिडियोमा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर्ड छन्। कृष्णबहादुर थापाले खिचेको गीतको भिडियो नहकुल खड्काले सम्पदान गरेका छन्।


यसअघि सार्वजनिक बेला बितेसी बोलको फिल्ममा समावेश गीत युट्युबमा २० लाख बढी पटक हेरिएको छ भने २ लाख बढी टिकटक बनेको छ।

दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाललगायतका कलाकारले अभिनय गरेका छन्।

आगामी दशैँको फूलपातीका दिन असोज १३ गते रिलिजमा आउने फिल्म एसएम मोसन पिक्चर्सको ब्यानरमा सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। यस वर्षको प्रतीक्षितमध्ये एक मानिएको फिल्ममा वसन्त सापकोटा, दीपक शर्मा र प्रकास सपुतको संगीत, आशिष अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समर खरेल र सज्जा चौलागाईको स्वर, कृष्णबहादुर थापाको छायाँकन र नकुल खड्काको सम्पादन रहेको छ।