पैसाको चक्रव्यूहमा अल्झिएको सिनेम्याटिक यात्रा अभिमन्यु


आगामी शुक्रबार रिलिज हुने फिल्म अभिमन्यु : च्याप्टर–१ को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्मको कथा खुलाएको ट्रेलर प्रेमको नाटक, अपहरण र फिरौतीको वरिपरि घुमेको छ।

प्रेमीको नाटक गरेर उसैलाई अपहरण गरी उसकै बुबासंग फिरौती माग्ने युवकको कथा ट्रेलरमा देखिन्छ। घरबारबिहीन एक युवकले पैसाका लागि के–केसम्म गर्न सक्छ ट्रेलरले समेटेको छ। पैसा भनेपछि दुई नम्बरी धन्दाबाट आएको होस् वा मेहनतको कमाइ सबैले त्यसमाथि गिद्धे नजर लगाएर गलत कार्यमा पनि साथ दिने मनोविज्ञान पनि ट्रेलर देखिन्छ। ट्रेलर कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाललगायतलाई देखाइएको छ।

फिल्म पैसाको मोह र त्यसले निम्त्याउने विनाशकारी चक्रव्यूहलाई पर्दामा उतार्नेछ। हिन्दी भर्सन असोज ६ गते वल्र्डवाइड रिलिज हुने फिल्मले नेपाली कथालाई अन्तर्राष्ट्रिय दर्शक सामु पु¥याउने अपेक्षा गरिएको छ। फिल्मले धनको प्रलोभनले जीवनलाई कसरी फसाउँछ, अनि त्यहाँबाट उम्कन खोज्ने संघर्ष कस्तो हुन्छ? भन्ने प्रश्नलाई मुख्य कथा बनाएको छ।

अभिमन्यु : च्याप्टर–१ केवल एक फिल्ममात्र नभई मानव लोभ, संघर्ष र अस्तित्वको कथा भएको निर्माण पक्षले दाबी गरेको छ। सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको फिल्म सुशान्त गौतमको डेब्यु निर्देशनमा बनेको छ। मुकेश खनालको लेखनमा आधारित फिल्ममा मदन थापा क्रिएटिभ निर्देशक रहेका छन्। कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलाजस्ता अनुभवी र दमदार कलाकार मुख्य भूमिकामा रहेको फिल्ममा शरद महतोको डीओपी, सुप्रिम पराजुलीको कलर ग्रेडिङ, मदान घिमिरेको सम्पादन रहेको छ।

विनोद पौडेल र गुञ्जन गिरीद्वारा निर्मित फिल्ममा रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता, विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुईंटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्।