शुरू भयो बल्छी धुर्बेको गोबर गणेश


लोकप्रिय हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को डेब्यु निर्देशनमा निर्माणाधीन फिल्म गोबर गणेशको राजधानीको म्हेपी मन्दिर परिसरमा शुभमुहूर्त गरी सुटिङ शुरू गरिएको छ।

क्यामेरा पूजा गर्दै फिल्मको सट लिंदै केदार घिमिरे ‘माग्ने बुढा’ ले नरिवल फोडेर र कलाकार रवि गिरीले क्ल्याप हानेर शुभमुहूर्त गरिएको हो। मुहूर्तसंगै फिल्मको छायांकन पनि शुरू गरिएको छ। काठमाडौंबाट शुरू भएको फिल्मको छायांकन पोखरालगायतका स्थानमा हुनेछ। ‘आजबाट हामीले फिल्मको छायांकन शुरू गरेका छौ“। हाम्रो कला र शिपले भ्याए र जानेसम्म राम्रो काम गर्ने प्रयास गर्नेछौ“’ निर्देशक श्रेष्ठले भने, ‘हामीलाई सानो पर्दामा जसरी दर्शकले साथ र माया दिनुभयो, त्यस्तै माया र साथ ठूलो पर्दाका दर्शकले पनि गरिदिनु हुनेछ भन्ने हाम्रो विश्वास छ।’

माघ १ गते रिलिज हुने फिल्म बल्छी धुर्बे फिल्म्स्को ब्यानरमा निर्माण हुनेछ। मरिचमान श्रेष्ठ, वर्षा सिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, विल्सन विक्रम राई, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, राजु याक्चा, रामप्रसाद खनाल, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु) लगायतका कलाकारले अभिनय गर्ने फिल्ममा शिवराम श्रेष्ठको डीओपी र विपिन मल्लको सम्पादन रहनेछ।