बुकी : खेलकुद र प्रकृतिबीचको कथा


खेलकुद र प्रकृतिबिचको सम्बन्धको कथा भन्ने फिल्म बुकीको फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ।
मोहन केसीको निर्देशनमा निर्मित फिल्मको फस्ट लुक पोष्टरमा नाम बोक्ने बुकी फूल छ, जुन झपक्क फूलेको छ। लेकाली भूगोलको चौरलाई नजिकै आउँदै गरेको कुहिरोले डम्म छोप्न लागेको छ। चौरमा एक पुरुषसहित सात महिला छन्। जो भलिबल खेलिरहेका छन्।

बुकी फूल हिमाली क्षेत्रका पाटनमा वर्षाको समयमा फुल्ने गर्छ। स्थानीय बासिन्दाले हिमाली क्षेत्रका पाटनलाई बुकी भन्ने गरेकाले त्यहा“ फुल्ने फूललाई बुकी फूल भन्ने गरिएको हो। हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्म्स्को ब्यानरमा लक्ष्मण सापकोटा, अमिशा काउचा थापा, रमेश थापालगायतद्वारा निर्मित फिल्ममा प्रकाश आले र राजन केसी कार्यकारी निर्माता, राजेश थापा र वसुन्धरा खरेल कार्यकारी निर्माता तथा जितु थापा र सुनील बुढाथोकी सह निर्माता रहेका छन्। सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, गानु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईंलगायतका कलाकारले अभिनय गरेको फिल्ममा दीपक शर्मा र एचबीएन किस्मतको संगीत, विकास गन्धर्र्वको डीओपी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ।