चलचित्र विकास बोर्डले चाबहिलस्थित आफ्नै भवनमा विशिष्ट फिल्मकर्मी परिचयपत्र वितरण समारोह आयोजना गरी विभिन्न फिल्मकर्मीलाई परिचयपत्र प्रदान गरेको छ।
प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ र मन्त्रालयका सचिव राधिका अर्यालको विशेष सहभागितामा सम्पन्न समारोहमा अभिनेता विश्व बस्नेत, दीपकराज गिरी, रमेश उप्रेती, दीपाश्री निरौला, जीतु नेपाल, सुनिल थापा, प्रभाकर शर्मा, मुकुन्द श्रेष्ठ, शारदा गिरी, प्रदीपकुमार उदय, पुरुषोत्तम प्रधानसहित ८६ जना फिल्मकर्मीलाई परिचयपत्र प्रदान गरिएको छ। सो अवसरमा कलाकार कृष्णप्रसाद सिवाकोटी, घनश्याम खतिवडा, मुकुन्दप्रसाद मैनाली, राजिव मानन्धर, शारदा गिरी, जयन्तप्रसाद रेग्मी, अन्जु रञ्जितकार, अमितेश शाह, लेखक ब्रजेश खनाल, निर्देशक बद्री अधिकारी, फिल्म सम्पादक करुण थापालगायतलाई पनि परिचयपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा अभिनेता बुद्धि तामाङलाई विशेष योगदान सम्मान प्रदान गरिएको छ। लिम्बु भाषाको फिल्म चे र मगर भाषाको दिलसरालाई २ लाख रुपियाँ प्रोत्साहन रकम हस्तान्तरण गरियो।

कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डिसीले फिल्मकर्मी परिचयपत्रलाई राष्ट्रले दिएको पहिचानका रूपमा ग्रहण गर्न आग्रह गर्दै यसले फिल्मकर्मीलाई छुट्टै गरिमा दिलाउने बताए। ‘परिचयपत्रमा हामीले सक्दो सेवासुविधा दिएका छौ“, तर सुविधा नै नभए पनि यो नै फिल्मकर्मी भएको पहिचान हो। यसलाई ग्रहण गर्नु आफैंमा गौरवको कुरा हो। आगामी दिनमा थप सेवासुविधा थपिने नै छ’ डिसीले भने। प्रमुख अतिथि मन्त्री गुरुङले फिल्मकर्मीहरूको योगदानको कदर गर्दै विशिष्ट परिचयपत्रधारीलाई १ लाख ५० हजार र फिल्मकर्मी परिचयपत्रधारीलाई ७५ हजार बराबरको स्वास्थ्य बीमा उपलब्ध गराइने बताए। अध्यक्ष डिसीका अनुसार यसपटक २० देखि ३० वर्षसम्म फिल्म क्षेत्रमा योगदान पु¥याउने फिल्मकर्मीहरूलाई परिचयपत्र प्रदान गरिएको हो।











प्रतिक्रिया