डेभिडले ल्याए चेलिबेटी


गायक डेभिड शंकरले हालै ए चेलिबेटी सेवा गर्ने मौका देऊ एकचोटी बोलको तीज गीत भिडियोसहित सार्वजनिक गरेका छन्।

दीपक शर्मा र डेभिडको शब्द रचना रहेको गीतमा दीपककै संगीत र नरेन्द्र वियोगीको एरेन्जमेन्ट रहेको छ। गीतको भिडियोमा गम्भीर विष्टको निर्देशन र कोरियोग्राफी रहेको छ।

भिडियोमा डेभिड शंकर, सुधिर श्रेष्ठ, दीपाश्री निरौला, रिमा विश्वकर्मा, मिस पवी, कुसुम शर्मा, राजेश घतानी, कुमारमणि गजुरेल, निरा शंकर, मिरा शंकर, इभेन सेनलगायतको अभिनय र नृत्य रहेको छ।

देवदोर्जे लामाको छायाँकन र प्रविन भट्टको दृश्य सम्पादन रहेको गीतको भिडियो डेभिडको युट्युब च्यालनमार्फत सार्वजनिक गरिएको हो।