छायाँछवि तीज म्युजिक अवार्डमा रामचन्द्र र स्मारिका अब्बल


छायाँछवि क्रियसनको आयोजनामा हरेक वर्ष जस्तै यो वर्ष पनि तीजका अवसरमा प्रकाशित गीतलाई लिएर छायाँछवि तीज म्युजिक अवार्ड सम्पन्न भएको छ। १२ औं अवार्ड समारोहमा १८ विधामा अवार्ड, ६ सम्मान र १ पुरस्कार प्रदान गरिएको छ।

गत वर्ष स्थापना गरिएको छायाँछवि दीपाशा स्मृति पुरस्कार नगद ११ हजार रुपियाँसहित यस वर्ष मोडल कलाकार सञ्चिता शाहीलाई प्रदान गरिएको छ भने गायिका गीता भट्टराई, सारिका घिमिरे, अञ्जु श्रेष्ठ, सौन्दर्यकर्मी सङ्गीता राना मगर र अप्सना नेवा हायु सम्मानित भएका छन्। डायस्पोरा सम्मान सुशीला बस्नेत तिमिल्सिनालाई प्रदान गरिएको छ।

कार्यक्रममा रामचन्द्र काप्mले दोहोरी गीत गायक, सुजाता केसी दोहोरी गीत गायिका, नम्रता तामाङ, बबी नेम्वाङ लिम्बु र नीलम रोक्का कार्की युगल गायन, जुनु गौतम तीज गीत गायिका, रेखा शाह मौलिक गीत गायिका र पुजन काफ्ले इनकरेजमेन्ट अवार्ड, भुवन के पोखरेल, र स्मारिका ढकाल मोडल, श्रीजन बराल ऋषि नृत्य निर्देशक, जेरी कार्यक्रममा आर्या कोइराला र डिम्पल नगरकोटीले नृत्य प्रस्तुत गरेका थिए भने अञ्जु श्रेष्ठ र रेखा शाहले गायन प्रस्तुतिबाट माहोल तताएका थिए।