काठमाडौं ।
मंगलबार नेप्से परिसूचक ४.८३ अंकले बढेर २७६६.०१ अंकमा पुगेको छ । बजार खुलेको १० मिनेटमै नेप्से २७७५ अंकसम्म पुगेको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेर ४ अर्ब १८ करोड रुपैयाँमा झरेको छ ।
१०१ कम्पनीको मूल्य बढ्दा १४९ कम्पनीको घट्यो । अन्य समूह सबैभन्दा धेरै १.४२ प्रतिशतले बढेको छ भने उत्पादन, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूह घटेका छन् ।
विकास हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेर ४७०.२० रुपैयाँ पुगेको छ । धेरै कारोबार भएका कम्पनीहरूमा नेपाल रिइन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन डिस्टिलरी र बुटवल पावर रहेका छन् ।











प्रतिक्रिया