पाल्पामा कालिगण्डकी किनारमा सडेगलेको शव फेला


काठमाडौ ।

पाल्पा जिल्ला तानसेन नगरपालिका–१४, कमलपोखरी नजिकै कालिगण्डकी नदीको किनारमा सडेगलेको अवस्थामा एक शव फेला परेको छ।

शव घोप्टो अवस्थामा फेला परेको र पहिचान गर्न नसकिने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिए।

जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिई शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।