काठमाडौं ।
मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरे खोलाको किनारमा आइतबार एक पुरुषको शव फेला परेको छ।
राप्ती खोलाको बाढीले बगाएर ल्याएको शव काँसघारीमा भेटिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विशाल सापकोटाले जानकारी दिए।
शवको पहिचान अझै नभएको र पानीमा ढाडिएर फुलेको हुँदा उमेर अनुमान गर्न कठिन भएको प्रहरीले जनाएको छ।
शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल लगिएको छ।











प्रतिक्रिया