काठमाडौँ ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा रहेका आफ्ना दुई मन्त्री प्रदीप यादव र नवलकिशोर साहलाई फिर्ता बोलाउने निर्णय गरेको छ। पार्टीले उनीहरूको स्थानमा डा.वीरेन्द्र महतो र रञ्जु झालाई मन्त्रीमा पठाउने भएको छ। पार्टी उपाध्यक्ष परशुराम बस्नेतका अनुसार, राजीनामा प्रक्रिया भदौ ११ भित्र पूरा हुनेछ।
यसअघि डा .महतो वनमन्त्री भइसकेका छन् भने रञ्जु झा एक वर्षअघि मन्त्री सिफारिस भए पनि विना विभागीय पद नस्वीकार गर्दै कुर्ने निर्णय गरेकी थिइन्। यादव र साहलाई एक वर्षका लागि मन्त्री बनाइएकामा उनीहरू निर्धारित अवधि भन्दा बढी बसेको पार्टीको भनाइ छ।












प्रतिक्रिया