स्याङ्जा।
वालिङ नगरपालिका–५ बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको गएराति कुटपिटका कारण मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गएराति ११ बजे थापामाथि कुटपिट भएको थियो । कुटपिटबाट घाइते भएका थापालाई वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएकामा चिकित्सकले राति नै मृत घोषणा गरेका थिए ।
प्रहरीले घटनामा संलग्न दुई जना हरिनाश गाउँपालिका–५ का २२ वर्षीय सिजन थापा, चापाकोट नगरपालिका–५ काम्तीका २४ वर्षीय अनिल शाहीलाई नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिसकेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया