३६ को आँकडामा रेखा र पूजा आमनेसामने

निरुता पनि सँगै


अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा निर्माणाधिन फिल्म ३६ को आँकडाको फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।
सार्वजनिक पोस्टरमा दुई लोकप्रिय अभिनेत्री रेखा थापा र पूजा शर्मा प्रमुख भूमिकामा प्रस्तुत छन्। प्रहरी अधिकृतको भूमिकामा देखिएकी रेखाले पूजालाई हत्कडी लगाउँदै नियन्त्रणमा लिएको दृश्यले फिल्ममा दुई महिला पात्रबीचको द्वन्द्वलाई केन्द्रमा राखिएको संकेत गर्छ। पोस्टरमा रेखाको अनुहारमा संघर्षपश्चात प्राप्त विजयको चमक झल्किएको छ भने नियन्त्रणमा परेकी पूजाको अनुहारमा अझै हार स्वीकार नगरेको दृढता अभिव्यक्त भएको छ।
महिला–केन्द्रित द्वन्द्वमा आधारित कथामा दुई लिडिङ लेडीको टक्कर पर्दामा कसरी प्रस्तुत हुन्छ भन्ने कौतुहलता चुलिएको छ।

फिल्मको निर्देशन सबिर श्रेष्ठले गर्नेछन्। सोमबारबाट सुटिङ फ्लोरमा गएको फिल्ममा रेखाको जोडीमा पछिल्लो समय अभिनयमा रुचाइएका महेश त्रिपाठी देखिनेछन् भने पूजास“ग लोकप्रिय अभिनेता पुष्प खड्का पेयरिङमा छन्। फिल्मको अर्को आकर्षण अभिनेत्री निरुता सिंहको पुनरागमन हो। लामो समयपछि फिल्ममा फर्कन लागेकी निरुताले अब निरन्तर फिल्ममै काम गर्ने बताइन्। निरुताले पछिल्लोपटक दाल भात तरकारीमा अभिनय गरेकी थिइन्। ‘सहायक निर्देशकका रुपमा निरुताजीस“ग काम गर्ने मौका पाएको थिएँ । तर, निर्देशक भएपछि सँगै काम गर्न पाएको थिइन“। यो फिल्ममा चाहिने विशेष भूमिकामा उहाँ नै उपयुक्त लागेकाले हामीले आग्रह गरेका हौँ निर्देशक श्रेष्ठले सुनाए। रेखा थापा र निरुता सिंहले दुई पलपछि पहिलोपटक यो फल्ममा स्क्रिन शेयर गर्न लागेका हुन्।

रेखा थापाको प्रोडक्सन ब्यानरमा निर्माण हुँदा गरेको फिल्ममा रेखा, पूजा, महेश, पुष्पस“गै निरुता सिंहको उपस्थितिले फिल्मको आकर्षण झनै बढेको छ। फिल्मले महिला–पात्रबीचको टक्करमार्फत नया“ ढंगको कथा पेश गर्ने अनुमान गरिएको छ।