पूजनले ल्याइन् छड्को तिलहरी


गायिका पुजन काफ्लेले तीज गीत सार्वजनिक गरेकी छन्।
तीजको पूर्वसन्ध्यामा उनले छड्के तिलहरी बोलको तीज गीत सार्वजनिक गरेकी हुन्। गीतमा शब्द रचना, संगीत र स्वर पुजनको छ भने संगीत संयोजन आदेश गुर्मछानको छ।

गहना पाउँदाको खुसी समेटिएको गीतमा गहना महिलाको सौन्दर्यस“ग जोडिएको चर्चा गरिएको छ। तीजमा सँगै मिलेर नाच्ने गाउने परम्परागत संस्कृतिलाई गीतले समेटेको छ। केशवराज भट्टको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा शिला गजुरेल, संस्कृति भुजेल र एलिजा काफ्लेले नृत्य गरेका छन्।