सचेतकको आश्वासनपछि : विद्यालय बन्द तत्कालको लागि रोकियो

41.36k
Shares


काठमाडौ ।

निजी विद्यालयको संगठनले विद्यालय बन्द गर्न डराएका छन् ।

अन्तिम बिकल्पको रुपमा प्रतिनिधि सभाका सरकारबादी दलका सचेतक नेपाली काग्रेसका श्यामकुमार घिमिरे र एमालेका महेश बर्तौलाले निजी शिक्षणसंस्था र पछिल्लो मागको बारेमा संसदमा बोल्ने र विद्यालय शिक्षा विधेयकको मस्यौदा संसोधन गर्न पहल गर्ने बचन दिएपछि तत्कालको लागि बन्द रोकेका छन् ।

उच्च स्रोतका अनुसार सचेतकद्धयले निजी शिक्षण संस्थालाई गैर नाफामुखी नबनाई कम्पनीमा राख्नुपर्ने र छात्रवृतिको विषयमा केही सुधार गर्नुपर्ने लगायतका विषयमा आवाज उठाउने आश्वासन दिएपछि भोली ९ गतेबाट तोकिएको अनिश्चितकालिन बन्द तत्कालको लागि स्थगित भएको हो ।

निजी विद्यालयको संस्था प्याब्सन, एन प्याब्सन र हिसानले आयोजना गरेको पत्रकार सम्मेलनमा प्याब्सन अध्यक्ष कृष्ण अधिकारीले ४ गते आयोजना गरेको पत्रकार सम्मेलनमा ८ गतेसम्म चरणबद्ध आन्दोलन गर्ने र ९ गतेबाट विद्यालय बन्द गर्ने बताएका थिए ।

मागपत्रमा बन्दको विषय उल्लेख नभएपनि बन्द गर्ने जानकारी गराएका अध्यक्ष अधिकारीले फरक परिस्थितिको कारण तत्कालको लागि बन्द नगर्ने बताएका छन् ।

‘हाम्रो आन्दोलन यथावत छ, तीज सम्म बन्द गर्दैनौ त्यसपछि सरकारको चाल्ने कदमको समिक्षा गरी अघि बढ्नेछौ–प्याब्सन महासचिव आरबी कटुवालले भन्नुभयो ।

‘१० गते तीज परेको छ , ११ गते एकदिन कुर्नेछौ त्यसपछि कडा आन्दोलन गर्नेछौ–महासचिव कटुवालको भनाई थियो । प्याब्सनका पुर्वअध्यक्ष टीका पुरीले आन्दोलनलाई शसक्त नबनाएसम्म माग पुरा नहुने जिकीर गर्नुभयो । भन्नुभयो–एकदुईदिन हेर्नेछौ, त्यसपछि थप निर्णय गर्ने तयारी छ ।

निजी विद्यालयले आज प्रतिनिधि सभा र सबै प्रदेश सभा अगाडी कालोपट्टी लगाएर विरोध गर्ने लगायतको कार्यक्रम तय गरेको छ ।

प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक शुक्रबार समितिमा पेस गरेकै दिने शिक्षक महासंघले ११ गतेबाट आन्दोलन घोषणा गरेको थियो ।

उनका अनुसार साविकको विधेयकमा १६३ वटा दफा थियो । तर समितिले छलफल गरी पारित गरेपछि विधेयकमा १७३ वटा दफा कायम भएको छ ।