अट्ठारी पर्वमा सुदूरपश्चिममा आइतबार सार्वजनिक बिदा


काठमाडौं ।

सुदूरपश्चिम प्रदेश सरकारले अट्ठारी पर्वको अवसरमा आउँदो आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

साउन १९ गतेको मन्त्रीपरिषद् बैठकको निर्णयअनुसार यो बिदा लागू हुनेछ।

थारु समुदायले कृष्ण जन्माष्टमीपछि पर्ने पहिलो आइतबार अट्ठारी पर्व मनाउँदै आएका छन्।

यस दिन दाजुभाइहरूले दिदीबहिनीको दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा रहेको छ।