काठमाडौं ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका–७, जोलजिबिमा चट्याङ पर्दा तीन जना घाइते भएका छन्।
शुक्रबार राति परेको चट्याङले शैल्यशिखर नगरपालिका–३, लुइटाकी २४ वर्षीया विमला लावड, उनकी चार वर्षीया छोरी रिया र तीन महिने छोरा दिपेश घाइते भएका हुन्।
उनीहरू माइती घरमा बसिरहेका बेला चट्याङ घरको आँगनमा परेको थियो।
घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरू हाल घरमै आराम गरिरहेको प्रहरीले जनाएको छ।
चट्याङले सोही घरको गोठमा रहेको एक गोरुको पनि ज्यान गएको छ।











प्रतिक्रिया