अवैध तदर्थ समिति गठनप्रति नेपाल ओलम्पिक समितिको आपत्ति


काठमाडौं ।

नेपाल ओलम्पिक समितिले पूर्व अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा गठन गरिएको तदर्थ कार्य समितिलाई गैरकानुनी र विधानविपरीत भन्दै आपत्ति जनाएको छ। समितिले विज्ञप्ति जारी गर्दै २०८२ साउन २६ गते गरिएको तदर्थ समिति गठनलाई अस्वीकार गर्दै, उक्त निर्णय नेपाल ओलम्पिक समिति, त्यसको विधान तथा प्रचलित कानूनअनुसार अमान्य रहेको स्पष्ट पारेको छ।

समितिका अनुसार, जीवनराम श्रेष्ठले केही व्यक्तिहरूको समुह बनाई बैठक बसेको र त्यसको निर्णय सार्वजनिक गरिए पनि त्यो गैरकानुनी र अवैध छ। विज्ञप्तिमा यस्तो कार्यले खेल क्षेत्रमा भ्रम फैलाउने, सुव्यवस्था विथोल्ने खतरा रहेको उल्लेख गरिएको छ।

ओलम्पिक समिति र नेतृत्वले यस्ता गैरकानुनी गतिविधि नगर्न चेतावनी दिँदै आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।