काठमाडौं ।
समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेकी छन्।
उनी उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा नेपाल आएकी हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले उनलाई स्वागत गरे।
नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सव परेको यो अवसरलाई विशेष महत्वका साथ हेरिएको छ।
आइतबार उपराष्ट्रपति यादव र सुआनबीच प्रतिनिधिमण्डलीय वार्ता हुनेछ भने उनले नेपालका उच्चपदस्थ व्यक्तित्वहरूसँग शिष्टाचार भेटवार्ताहरू पनि गर्ने कार्यक्रम छ।
उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी भदौ ९ गते स्वदेश फिर्ता हुने तालिका रहेको छ ।











प्रतिक्रिया