काठमाडौं ।
आज भाद्र कृष्ण औँसीका दिन वैदिक सनातन धर्मावलम्बीहरूले कुशे औँसी पर्व मनाइरहेका छन्। यो दिन घरघरमा वर्षभरि देवकार्य र पितृकार्यमा प्रयोग हुने पवित्र कुश भित्र्याइन्छ।
सन्तानहरूले आफ्ना बुबालाई मिठाई, भोजन आदिसहित आदर प्रकट गर्ने परम्परा रहेको आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन पनि भनिन्छ।
बुबा दिवंगत भएका सन्तानहरूले गोकर्णेश्वर महादेव मन्दिर लगायतका पवित्र स्थलमा तर्पण, पिण्डदान र श्राद्ध गर्ने गर्दछन्। गोकर्णेश्वर मन्दिर परिसरमा यस अवसरमा विशेष मेला लागेको छ।



















प्रतिक्रिया