काठमाडौँ ।
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा विज्ञहरूले नेपालका लागि चीनको भूमिका अपरिहार्य रहेको बताएका छन्।
पूर्व परराष्ट्रमन्त्री महेन्द्र पाण्डे, इतिहासविद् डा.सुरेन्द्र केसी, परराष्ट्र विज्ञ डा.मनिता कुशी र क्लाउडका अध्यक्ष शोभित उप्रेतीले चीनको कृषि, शिक्षा, स्वास्थ्य, प्रविधि लगायतका उन्नति क्षेत्रहरूबाट नेपालले लाभ उठाउनुपर्नेमा जोड दिए।
पूर्वमन्त्री पाण्डेले लिपुलेक विवादमा सुझबुझका साथ वार्ता गर्न सुझाव दिँदै, अनुसन्धानमा चीनको प्राथमिकता नेपालले अनुकरण गर्नुपर्ने बताए। डा.केसीले चीनलाई नेपालको सुरक्षाको ढाडस भन्दै ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्ने धारणा राखे। अध्यक्ष उप्रेतीले चीन आर्थिक रूपमा पहिलो शक्ति बन्न लाग्दा नेपाल साना समस्यामा अल्झिनु दुःखद रहेको बताए।











प्रतिक्रिया