काठमाडौं ।
भारत र चीनबीच लिपुलेक नाका पुनः खोल्ने सहमति भएपछि समाजवादी मोर्चाले आपत्ति जनाएको छ। माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी सम्मिलित मोर्चाले संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमिकतामाथि गम्भीर आघात पुगेको जनाएको हो।
मोर्चाले कूटनीतिक पहलमार्फत नेपाल सरकारलाई सत्य तथ्य राख्न र अतिक्रमित भूभाग फिर्ता ल्याउन आग्रह गरेको छ। भारत र चीनले भदौ ३ गते दिल्लीमा लिपुलेकमार्फत व्यापार पुनः सुरु गर्ने सहमति गरेका थिए, जसको नेपालमा व्यापक विरोध भइरहेको छ।











प्रतिक्रिया